Live Streaming

​भारतीय नाकामा अवरोध कायमै

काठमाडौं,१९ असोज । भारतले अघोषित नाकाबन्दीको आज १३ औं दिन पनि इन्धनको आपूर्ति सहज हुन सकेको छैन । इन्डियन आयल कर्पोरेशन आइओसीले हिजो केही ट्यांकरमा तेल भर्न दिए पनि सीमा नाकामा गरिएको कडाइ हटेको छैन । नाकामा गरिएको कडाइका कारण इन्धनको आयात प्रभावित भएको छ ।

भारतीय पक्षले सहज रुपमा तेल दिएको र आपूर्ति भैरहेको बताएपनि सीमा क्षेत्रमा भने विभिन्न प्राविधिक कारण, माथीको आदेश भन्दै इन्धनका ट्यां)करहरु छिर्न दिएको छैन । भारतीय पक्षले शनिबार सहज रुपमा इन्धन आपूर्ति गर्न दिन भनि जनाएको प्रतिबद्धता अनुसार आइतबारदेखि नै तेलको आपूर्ति सहज हुनेपर्ने भएपनि हिजो पनि कडाइ गरिएको हो । भारतीय पक्षले नाका खुलाएको देखाउन इन्धन बाहेकका सामग्री बोकेका गाडी नेपाल भित्रिन दिएको तर इन्धन बोकेका गाडीमा कडाइ गरेको निगमले जनाएको छ ।

इन्धनको आपूर्ति सहज बनाउनका लागि पहल कदमी अघि बढाएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको भनाइ छ । आपूर्ति सहज गराउने भनेर पनि नभएपछि हिजो राजदूत उपाध्यायसहित पाँच जना कुटनीतिक अधिकारी भारतको विदेश मन्त्रालय पुगेका थिए ।

विदेशमन्त्रालयका अधिकारीसँग आपूर्ति सहज बनाउनेबारे छलफल गरेको उपाध्यायको भनाइ थियो । छलफलमा विदेश मन्त्रालयका अधिकारीले इन्धन आपूर्ति सहज बनाउने प्रतिबद्धता ब्यक्त गरेको राजदुत उपाध्यायलाई उद्धृत गर्दै  दिल्ली सहकर्मी आकांक्षा शाहले जनाएकी छन् ।