नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लवबीच प्रतिस्स्पर्धा
काठमाडौं,१९ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज अंक तालिकाको सातौ स्थानमा रहेको नेपाल पुलिस क्लबले अंक तालिकाको पुछारमा रहेको मोरङ फुटबल क्लबसंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँंसो ३ बजेपछि दुई क्लब मैदान उत्रनेछन् । उपाधि होडबाट बाहिरिसेका दुई टोली अंक तालिकामा सुधार गर्न प्रयासरत रहनेछन् ।
१३ खेल खेलेको पुलिस १२ अंक सहित सुदुर पश्चिमाअञ्चल फुटबल क्लब भन्दा १ स्थान तल रहेको छ । रेलिगेशन जोनमा रहेको मोरङको १४ खेलबाट ६ अंक मात्र रहेको छ । यसअघि हिजो भएको खेलमा उपाधि होडमा रहेको शसस्त्र प्रहरीको एपिएफलाई १–० ले हराउदै मनाङ मर्याङदी क्लब अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
१२ खेल खेलेको मनाङको २२ अंक रहेको छ । मनाङ भन्दा १ खेल बढि खेलेको झापा २४ अंकका साथ तेश्रो स्थानमा छ भने समान खेल खेलेको आर्मि गोल अन्तरका आधारमा झापालाई पछि पार्दै दोश्रो स्थानमा रहेको छ । शिर्ष स्थानको थ्रिस्टारको भने २६ अंक रहेको छ ।