श्रृङखलाबद्ध बम विष्फोटमा ६३ जनाको मृत्यु
एजेन्सी,१९ असोज । इराकमा भएका श्रृङखलाबद्ध बम विष्फोटमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । शिया समुदायको बाहुल्यता रहेको दियाला प्रान्तमा भएको एक ठूलो विष्फोटमा मात्रै ४० जनाको मृत्यु भएको बिबिसिले उल्लेख गरेको छ ।
यसैगरी अल जुबैर कस्बे नजिकको बसरामा भएको अर्को विष्फोटमा १० जनाको मृत्यु भएको छ भने सो क्षेत्रमा भएको तेस्रो विष्फोटमा १३ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । ती विष्फोटमा परी २५ जना घाइते भएका छन् । बसरामा भएको विष्फोटको जिम्मा चरमपन्थी संगठन आइएसले लिए पनि अर्को ठूलो विष्फोटको जिम्मा भने अहिले कसैले लिएको छैन । आइएसले शिया क्षेत्र र सरकारी अधिकारीलाई निशाना बनाएर कयौं पटक सो क्षेत्रमा आक्रमण गरिसकेको छ ।