नेटोको रुसलाई चेतावनी
एजेन्सी,१९ असोज । नेटो गठबन्धनले सिरियामा जारी राखेको हवाई आक्रमण तत्काल रोक्न रुसलाई चेतवनी दिएको छ । रुसले जारी राखेको हवाई आक्रमणले सर्बसाधारण जोखिममा परि बिद्रोहीलाई सहयोग पुगेको भन्दै नेटोले सो चेतानी दिएको हो ।
रुसले आक्रमणको नाममा अन्य फाइदा लुटिरहेको आरोप लगाउँंदै नेटोले राष्ट्रपति बसर अल असदको निर्देशन बमोजिम रुस अघि बढेको समेत बताएको छ । तर नेटोको आरोपको रुसले भने कुनै खण्डन नगरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा सर्बसाधारण मारिएको नेटोको आरोप आधारहिन भएको बताउदै आउनुभएको छ । यसैबिच सिरिया पठाएका रुसि बिमानले टर्किले आफ्नो हवाई क्षेत्रमै रोक लगाएको छ ।
टर्किका विदेशमन्त्रीले रुसी विदेशमन्त्रीलाई टेलिफोन गरि रुसको पछिल्लो गतिविधिप्रति कडा विरोध जनाउनुभयो । रुसले टर्किको हवाई क्षेत्रको प्रयोग गरि क्षेत्राधिकार उल्लघन गरे त्यसको ठूलो मुल्य चुकाउन रुस तयार हुनुपर्ने टर्किले चेतावनी समेत दिएको छ ।