दसैंको साइत सार्वजनिक, नवमी र दशमी तिथी एकै दिन
काठमाडौं,१९ असोज । नेपाल पञ्चाङग निर्णायक समितिले यस बर्षको दशैको साइत सार्बजनिक गरेको छ । यसबर्ष घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेट रहेको समितिले जनाएको छ । फुलपाती भित्र्याउनका लागि भने साईत आबश्यक नपर्ने नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो ।
यस बर्ष देवी बिसर्जनको साईत कार्तिक ५ गते बिहिबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ । टिका लगाउनका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उपयुक्त रहेको समिति अध्यक्ष गौतमले बताउनुभयो । यद्यपी सामान्य मानिसलाई टिका र प्रसाद ग्रहण गर्न साइत कुरिरहनु नपर्ने समितिले जनाएको छ । दश रात र नौ दिनको नवरात्र यस वर्ष आठ रात र नौ दिनको परेकाले नवमी र दशमी तिथी एकै दिन परेको छ ।