नाचघरमा जितिया विशेष सांस्कृतिक कार्यक्रम
काठमाडौं,१८ असोज । आज जितिया पर्व । तराईका विभिन्न जिल्लाहरुमा थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदैछन\। सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा रहिआएको छ। आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन। थारु महिलाहरुले जितियाको अघिल्लो राति ओटघन दर खाई ब्रत बस्ने गर्दछन ।
उनीहरु आजका दिन पानी पनि नखाई दिनभर ब्रत बस्ने गर्दछन । ब्रत बसेको दिन उनीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्छन् । विशेष गरी यो दिन जितमहानको कथा सुन्ने गर्दछन् । जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन् । जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ।
काठमाडौंमा जितिया विशेष कार्यक्रम विभिन्न जिल्लाबाट आइ काठमाडौं उपत्याकामा बसोबास गर्दै आएका थारु महिलाहरुले जितिया पर्व मनाउदैछन्। जितिया मूल आयोक समितिले सोमबार राजधानीको जमलस्थित नाचघरमा विशेष साँस्कृतिक कार्यक्रमसहित जितिया पर्व मनाउन लागेको थारु मिहला समाजकी अध्यिक्ष सरस्वती चौधरीले जानकारी दिइन्।
उनका अनुसार थारु महिला समाज र थारु महिला सभाद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा थारुको परम्परागत भेषभुषा, पहिरन र नाचगान देखाइनेछ। राजधानीमा बस्ने करिब १५ सय थारु महिलाहरु उपस्थित भएर जितिया पर्व मनाउने उनले बताइन्। जितिया पर्वको पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।