आन्तरिक वायुसेवाको बुकिङ सकियो
काठमाडौं,१८ अुसोज । दसैंका लागि आन्तरिक वायुसेवाका उडानको टिकट बुकिङ ८५ देखि ९० प्रतिशतसम्म सकिएको छ । तराई बन्द र भारतले लगाएको नाकाबन्दीका कारण सडक यातायातको दसैंलाई टिकट बुकिङ अनिश्चित भएपछि यसवर्ष हवाई यात्रुको चाँंप बढेको छ । आन्तरिक वायुसेवा कम्पनीले दसैंका लागि सस्तो भाडादरमा उडान नगर्ने गरी नर्मल भाडादरमा मात्रै बुकिङ लिएको भए पनि इन्धनको आपूर्ति सहज नभएका कारण उडान अझै निश्चित नभएको बताएको छ । भारतले गरेको अघोषित नाकाबन्दीले निजी सवारीसाधनलाई इन्धन आपूर्ति बन्द गरिँदाको असर आन्तरिक वायुसेवा कम्पनीलाई समेत पर्न थालेको छ ।