आगामी रणनीतिबारे मधेशी मोर्चाको बैठक बस्दै
काठमाडौं,१७ असोज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज राजधानीमा बस्दैछ । बैठकमा झण्डै २ महिनायता जारी आन्दोलनको समिक्षा गरी मोर्चाको आगामी रणनीति तय गरिने तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बताउनुभयो । बैठक अपरान्ह ३ बजे फोरम नेपालको केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।
सरकारले मोर्चाका कतिपय शर्तहरु कार्यान्वयन गरिसकेको र केही शर्तहरु सम्वोधन गर्न संविधान संसोधनको प्रक्रियामा लगिसकेको सन्दर्भमा अबको रणनीति तय गर्न मोर्चाले बैठक बोलाएको हो । मोर्चाले यसअघि ३ दलको वार्ता समिति र सरकारुसंग अनौपचारिक छलफल गर्ने जिम्मेवारी तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । आजको बैठकले मोर्चाको औपचारिक वार्ता टोली गठन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।