Live Streaming

​राप्रपा नेपालका महामन्त्रीको निधन

काठमाडौं,१७ साउन । उपचारका क्रममा हिजो अमेरिकामा निधन भएका राप्रपा नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङको शव मंगलबार नेपाल ल्याइने भएको छ । गुरुङको मंगलबार नै पशुपति आर्यघाटमा वैदिक परम्परा अनुरुप अन्त्येष्टी गरिने सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

६१ वर्षीय  गुरुङको प्यांक्रियाजको क्यान्सरका कारण निधन भएको हो ।  महामन्त्री गुरुङ्ग पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता समेत हुनुहुन्थ्यो । यसैबीच राप्रपा नेपालको आज विहान बसेको बैठकले गुरुङ्गको निधनमा सवै तहका पार्टी कार्यालय २ दिन बन्द गर्ने र ७ दिन शोक मनाउने निर्णय गरेको छ ।