जितिया पर्व सुरु
काठमाडौं,१७ असोज । कतराईका जिल्लामा आज रातीदेखि जितिया पर्व सुरु हुँदैछ । मैथिली र थारु समुदायले मनाउने जितियापर्व आ–आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै आश्विन कृष्ण अष्टमी तिथिमा ब्रत सुरु गरिन्छ भने नवमीमा सम्पन्न गरिन्छ । यो वर्ष आज राति ८ बजेदेखि पर्सी बिहान ८ बजेसम्मको सो तिथि रहेकाले सो अवधिमा ब्रत बस्नेछन् । हिन्दु धर्ममा सबैभन्दा लामो ब्रत बसिने भएकाले जितिया पवको वर्तलार्ई एकदमै कठोर मानिन्छ । ब्रत अवधिभर पानी पिउन नहुने, थुक पनि निल्न नहुने र नवमी तिथिपछि मात्र भोजन गर्नुपर्ने परम्परा छ ।