Live Streaming

नाका खुले पनि इन्धन आपुर्ति हुन केही समय लाग्ने

काठमाडौं,१७ असोज । भारतसँगको अघोषित नाकाबन्दी हटेपनि सहज रुपमा इन्धन आपुर्ति हुन केहि लाग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले हिजो साँझ सबै नाकाहरु सुचारु गर्न मातहतहतका निकायलार्इृ निर्देशन दिएपनि नाकाहरुमा गाडी, ट्याङ्कर तथा कन्टेनरहरुको लामो लाइन रहेकाले त्यसको व्यवस्थापनमा केही दिन लाग्ने भएको हो । विगत १० दिनदेखि इन्धन आपुर्ति नहुँदा नेपाल आयल निगमसँग पनि इन्धन संचिति अत्यन्तै न्यून रहेकाले बजारमा तत्काल सहजै उपलव्ध हुन सम्भव नरहेको निगमले जनाएको छ ।