लोप हुँंदै ङिमाटासी नृत्य
छेटु शेर्पा
संखुवासभा,१४ असोज । संखुवासभामा सिमान्तकृत सिङसावा जातिको ङिमाटासी नृत्य लोप हुने क्रममा छ । सङ्खुवासभाको उत्तरी भोटखोला क्षेत्र किमाथाङका, चेपुवा, हटिया र पावाखोला गाविसमा मुख्य गरी नाँच्ने गरिन्छ । २५ हजारको हाराहारी संख्यामा रहेको सिमान्तकृत सिङसावा जातिको लोपन्मुख यो नृत्य अरुण उपत्यकामा मात्र नभई राज्यमै मुख्य लोपन्मुख नृत्यमा पर्न आउछ । माथिल्लो अरुण उपत्यका क्षेत्रमा बसोवास गर्ने सिङसवा जातिले यो नृत्य शुभकार्य र बेहुली भित्राउदाँ महिलाहरुले नाच्ने गर्छन ।
थिकेपा र नुप्पा उपथर रहेका यि सिङसवा जातिको ङिमाटासी नृत्य विवाह र स्वागत कार्यक्रममा नाँचिने भएकाले नेपालीमा स्वागत नाँच भनेर पनि चिन्ने गरिन्छ । महिलाहरुले मात्र नाँच्ने यो नाँच बिषेश गरी खुसीयालीमा बेहुली भित्राइदा नाँचिन्छ । भागी विवाह,मागि विवाह र प्रेम विवाह पछि दुलहीमा प्रगति,चाहादै लक्ष्मी भित्रियोस फलीफाप होस भनी गीतको शैलीमा आर्शिवाद दिदै घर भित्राइने चलन छ ।