Live Streaming

​आजदेखि निजीलाई इन्धन नदिने

काठमडौं,१४ असोज । सरकारले काठमाडांै उपत्यकामा आजदेखि ३ दिनसम्म सार्वजनिक र खाद्यान्न ढुवानीका सवारी साधनलाई मात्र ईन्धन दिइने भएको छ । हिजो बसेको सरोकारबालाहरुको बैठकले निजी सवारी साधनलाई डिजल पेट्रोल नदिई सार्बजनिक र खाद्यान्नका सबारी साधनहरुलाई मात्र इन्धन उपलब्ध गराउन सरकारलाई सुझाव दिएको थियो ।

पछिल्लो समय भारतले गरेको अघोषित नाकाबन्दी पछि देशमा इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले आजदेखि सार्वजनिक र खाद्यान्न ढुवानी गर्ने साधनहरुलाई मात्र इन्धन दिने सरकारले निर्णय गरेको हो । भारतले इन्धन नेपाल पठाउन रोकिरहेकाले ३ दिनका लागि यस्तो निर्णय गरिएको भन्दै गृह प्रवक्ता लक्ष्मी प्रसाद ढकालले अभाव कायम रहे अरु थप समय इन्धन वितरण रोकिने बताउनुभयो । यद्यपी, आपूर्ति सहज रुपमा भए सरकारले अर्को निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।