नाका खुलाउन एमालले १ सय विद्यार्थी खटायो
काठमाडौं,१४ असोज । बैशाखमा गएको भुकम्पले अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउनको लागि सहयोग गर्न एमालेले १ सय जना विद्यार्थी स्वंयसेवक खटाएको छ । एमालेको भातृ संगठन अनेरास्ववियुको संयोजनमा स्वयंसेवकले २ दिनसम्म तातोपानी नाका खुलाउन श्रमदान गर्नेछन् ।
उनीहरुले नाका खुलाउन खटिएका नेपाल र चीनका कर्मचारीहरुलाई आवश्यक सहयोग गर्नेछन् । भारतले गरेको अघोषित नाकाबन्दीले समस्या भएपछि छिट्टै चीनसँग सम्पर्क गराउनलाई सजिलो होस् भनेर स्वयंसेवक परिचालन गरिएको अनेरास्ववीयुले जनाएको छ । यसअघि एमालेले गत वैशाख १२ गतेको भूकम्पपछि भूकम्प प्रभावित जिल्लाहरुमा स्वयंसेवक परिचालन गरेको थियो ।