मधेशी मोर्चा सकारात्मक
काठमाडौं,१३ असोज । आन्दोलनरत सयुंक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगतका सहमति कार्यान्वयनको लिखित प्रतिवद्धताका साथै सेना र सशस्त्र प्रहरी परिचालन फिर्ता गरे सरकार र प्रमुख ३ दलसंग वार्ता गर्ने निर्णय गरेको छ । रौतहटको गौरमा आज बिहान बसेको मोर्चाको बैठकले ३ दलको वार्ता समितिले राखेको वार्ता प्रस्तावप्रति सकारात्मक हंँुंदै ती २ पूर्व शर्त पुरा भए तत्काल औपचारिक वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । संविधानप्रति असन्तुष्टी जनाउँंदै मोर्चाले तराई मधेशमा झण्डै डेढ महिनायता आन्दोलनरत छ ।
मोर्चाले ३ दलको वार्ता समितिसंँग नियमित सम्पर्कमा रही वार्ताको वातावरण बने÷नबनेको निर्णय लिने जिम्मेवारी तमलोमा अध्यक्ष महन्थ ठाकुरलाई दिएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । अध्यक्ष ठाकुरले तीन दलको वार्ता समितिसँंंग यसअघि नै २ चरण अनौपचारिक छलफल गरिसक्नुभएको छ । थप छलफलका लागि ठाकुर आजै काठमाडांै आउने यादवले बताउनुभयो ।
मधेशीहरुको माग सम्बोधन नगरी संविधान जारी भएको भन्दै बैठकले सरकारलाई राजश्व नतिर्ने र भोली दिउँंसो १ बजे पूर्वपश्चिम राजमार्गमा मावनसाङलो निर्माण गर्ने निर्णय गर्दै भारतको नाकाबन्दीको विरोधमा केवल सञ्चालकहरुले हिन्दी च्यानल बन्द गरेकोप्रति खेद व्यक्त गरेको छ । यसैबिच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज रौतहटको गौरमा आमसभा गर्दैछ । अहिले केहिबेरपछि सुरु हुने सभालाई मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । माग सम्बोधन नभएसम्म आन्दोलन स्थगन नगर्ने बताउँदै आएको मोर्चाले विगत ४७ दिनदेखि तराई बन्द गर्दै आएको छ ।