Live Streaming

पेट्रोल अभाव भएपछि सवारी चाम ह्वात्तै घट्यो

काठमाडौं,१३ असोज । पेट्रोलियम पदार्थको अभाव भएपछि उपत्यकाका सडकहरुमा सवारी चाम ह्वात्तै घटेको छ । सरकारले जोर विजोर प्रणाली र इन्धनमा कोटा प्रणाली लागु गरेपनि पर्याप्त आपुर्ति नहुँदा सार्वजनिक सवारी साधनहरु आफ्नो पालोमा समेत सडक गुड्न सकेका छैनन् ।

 योसँगै उपत्यकाका सर्वसाधारण साइकलमा यात्रा गर्न थालेका छन् । इन्धन आपुर्तिको समस्या देखिएपछि उपत्यकाभित्र टाढा टाढाको यात्रा गर्नेहरु साइकल यात्रा गर्न थालेका हुन् । यद्यपि साइकल नहुने, बालबालिका र वृद्धवृद्धा भने सास्ती भोग्न बाध्य छन् ।