नाकाबन्दीको आज छैटौँ दिन ,जनजीवन प्रभावित बन्दै
काठमाडौं,१३ असोज । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको आज सातौँ दिनसम्म आइपुग्दा देशभरको जनजीवन झनै कष्टकर बन्दै गएको छ । झण्डै दुइ महिनादेखिको बन्दका कारण आक्रान्त बनेका तराइबासी नाकाबन्दीका कारण थप प्रभावित भएका छन् भने काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि इन्धन तथा खाद्यान्नको अभाव सिर्जना भएको छ ।
नाकाबन्दी खुलाउनका लागि सरकारबाट कुटनीतिक पहल हुनुपर्ने सर्वसाधारणको माग रहेपनि सरकारले यसप्रति कुनै चासो देखाएको छैन । मधेशकेन्द्रित दलहरुको माग लाई बेवास्ता गर्दै संबिधान जारी भएको भन्दै रुष्ट भारत सरकारले अघोषित रुपमा नाकाबन्दी गरेको एकहप्तासम्म पनि कुनै पहल नहुदा सर्वसाधारण आक्रोशि भएका छन् ।
नाकाबन्दीका कारण इन्धन तथा खाद्यान्न बोकेका हजारौँ सवारी साधनहरु भारतीय सिमानाकामै अलपत्र परेका छन् भने तरकारी लगायत खाद्यान्न कुहिएर कराडौँको क्षति भएको छ । नेपालमाथि नाकाबन्दी लगाएको भारतलाई नेपालका मधेशकेन्द्रित दलहरुले नै सहयोग गरीरहेका छन् ।