Live Streaming

भैरहवामा बन्दकर्ता र स्थानीयबासीबीच झडप

रुपन्देही, १२ असोज । रुपन्देहीको भैरहवा नाकामा धर्ना दिइरहेका बन्दकर्ता र स्थानीयबासी बीच झडप भएपछि स्थिती तनावग्रस्त भएको छ । आन्दोलनकारीले नाका बन्द गरेपछि खुलाउन भन्दै गएका स्थानीयलाई भारतीय सीमाबाट प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि अहिले भैरहवा नाकाको स्थिति तनावग्रस्त भएको हो ।

ढुंगा लागेर ३ जना स्थानीयबासी घाइते भएको हाम्रा सहकर्मी अरुण ज्ञवालीले जनाएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु नाकामा बसेर धर्ना दिइरहेका छन् । भैरहवा नाकामा वारपार बसेर प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताको विरोध गर्दै सर्वासाधारण उत्रिएपछि झडप भएको हो ।