Live Streaming

सिरियामा जारी युद्ध अन्त्य हुनुपर्नेमा रुस र अमेरिकाको जोड

एजेन्सी,१२ असोज । रुस र अमेरिकाले सिरियामा जारी युद्ध अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रसंघको ७० औ महासभालाई संबोधन गर्दै रुसि राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा ईस्लामिक स्टेट आईएस बिरुद्धको लडाइर््मा सिरिया सरकारलाई सहयोग नगर्नु ठुलो भुल भएको बताउनुभयो ।

उहाँले ईस्लामिक स्टेट आईएस बिरुद्धको साझा लडाँईका लागि सयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा आफुले समन्वयनको प्रस्ताब समेत राखेको बताउनुभयो । यसअघि राष्ट्रसंघ महासभालाई संम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि सिरियामा लम्बिएको गृहयुद्ध समाधानका लागि अमेरिका रुस ईरान र अन्य छिमेकी राष्ट्रहरुबिच सम्झौता गर्न आफ्नो राष्ट्र तयार भएको बताउनुभएको थियो ।