Live Streaming

देशभर हिन्दी च्यानलहरु बन्द हुने

काठमाडौं,१२ असोज । आजदेखि देशभर हिन्दी च्यानलहरु बन्द हुने भएका छन् । केबल टेलिभिजन संचालकहरुले आज बिहान १० बजेदेखि सम्पुर्ण हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन् । भारतले अघोषित नाकाबन्दी गरेको विरोधमा हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरिएको केबल टेलिभिजन संघ र टेलिभिजन एसोसिएसनले जनाएको छ । चितवन, धरान कन्चनपुर लगायतका जिल्लाका केवल वितरकहरुले यसअघि नै हिन्दी च्यानल प्रशारणमा रोक लगाइसकेका छन् ।