Live Streaming

​इन्द अभावले देशभरको जनजीवन प्रभावित

काठमाडौं,१२ असोज । नाकाबन्दीका कारण इन्धनको अभाव भएपछि देशभरको जनजीवन प्रभावित भएको छ । इन्धन लगायत खाद्यान्न बोकेर आउने ट्याकंर तथा सवारी साधनहरु सिमानाकामै रोकिएपछि यहाँं अभाव सिर्जना भएको हो । खासगरी इन्धनमा देखिएको अभावका कारण सडकमा सवारी साधनको चाम कम भएको छ भने मानिसहरु टाढाको यात्रा पैदल नै हिड्न बाध्य भएका छन् ।

यसैगरी खाना पकाउने एलपी ग्याँसको अभाव भएका कारण जनजीवन कष्टकर हुन थालेको छ । सरकारले हाल स्टक रहेको इन्धनको खपतका लागि भन्दै यातायातका साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु गरेको छ भने पेट्रोल तथा डिजेल वितरणका लागि पनि कोटा प्रणाली सुरु गरेको छ । नेपालको पूर्वी नाकाबाट खाद्य वस्तु मात्र भित्रिएपनि इन्धनका ट्याकंर भने प्रवेश गराइएको छैन । यस्तै नेपालगञ्ज नाकाबाट पनि खाद्यपदार्थमात्र भित्राएपनि अन्य नाकाहरु पूर्ण रुपमा ठप्प छन् । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको आज छैटौँ दिन हो ।