नाका खोलिदिन चिनसँंग दाहालको आग्रह
काठमाडौं,११ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चीनतर्फको नाका खोलेर सहयोग गर्न चिनियाँ राजदुत वु छुन्थाईलाई आग्रह गर्नुभएको छ । राजदुत छुन्थाईसँंंग आज बिहान भएको भेटमा दाहालले भारतीय नाकाबन्दीका कारण चाडपर्वको मुखमा नेपालीहरुले दुःख पाइरहेको जानकारी गराउँदैे चीन नेपालबीचको नाका खोल्ने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।
चिनियाँ राजदुत छुन्थाईले पनि नेपालले खेपिरहेको समस्या समाधानमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको र दशैं अघि नै सबै चिनियाँ नाका सञ्चालन गर्ने गरी पहल भइरहेको बताउनुभएको एमाओवादी श्रोतले बताएको छ । गत बैशाखको भूकम्प र त्यसपछिका पराकम्पनका कारण खसेका पहिरोले सडक र अरु संरचना भत्किंदा चीन नेपाल जोड्ने तातोपानी, रसुवागढी लगायतका नाका अबरुद्ध छन् ।