Live Streaming

तीन दलद्धारा वार्ता समिति गठन

काठमाडौं,११ असोज । प्रमुख ३ दलले आन्दोलनरत मधेसी, थारु एवं अन्य समुदायसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गठन गरेका छन् । समितिमा कांग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य,  एमाले नेता अग्नि खरेल हुनुहुन्छ । एकीकृत माओवादीले भने प्रतिनिधिको नाम दिन बाँकी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको ३ दलको बैठकले वार्ता समिति गठन गरेको हो । बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले तराई मधेसमा आन्दोलनरत पक्षको जायज माग सबै संविधानसभामा समेटि सकिएको भएपनि असन्तुष्टीका अन्य बिषयबारे वार्ता गर्न टोली गठन गरिएको बताउनुभयो । भारतको नेपाललाई अनावश्यक नाकाबन्दी गरेको भन्दै खनालले नाकाबन्दीसंगै मधेशी दलहरुको माग पनि बढ्दै गएको टिप्पणी गर्नुभयो ।