भारतीय हस्तक्षेपविरुद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलन
काठमाडौं,११ असोज । विद्यार्थी संगठनहरुले नेपालमा भारतीय हस्तक्षेपविरुद्ध सशक्त आन्दोलन सुरु गरेका छन् । नेपालको नयाँं संविधानप्रति असन्तुष्टि जनाउँंदै अघोषित नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुनविपरित भएको निष्कर्ष निकाल्दै आज दिउँंसो ३ बजे काठमाडौस्थित भारतीय दुतावास अगाडी र उपत्यकाबाहिर पनि विरोध प्रर्दशन गर्ने निर्णय गरेको नेबिसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनहरुले भारतिय रवैयाविरुद्ध राष्ट्रसंघको पनि ध्यानकर्षण गराउने तथा समस्या समधानका लागी तत्काल पहल गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् । यसैबिच, हिजो पनि भारतको नाकाबन्दीको विरोधमा देशमा विभिन्न स्थानमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आफ्नो देशको समस्या आफै समाधान गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं भन्ने नारासहित युवा र विद्यार्थीहरुले ¥याली निकालिएका थिए । ब्याक अफ इन्डिया अभियानअन्तर्गत युवा विद्यार्थीले निकालेको ¥यालीमा नागारिक समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।