Live Streaming

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौं,११ असोज । दिवगंत पितृको सम्झना गरिने सोह्र श्राद्ध आज सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्धको सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ ।

चाडपर्व वा कुनै ठूला कार्य गर्नु अघि पितृलाई सम्झिने हिन्दु परम्परा अनुसार दशैँ सुरु हुनुअघि सोह्र श्राद्ध गर्ने प्रचलन छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहेको छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त हुने धार्मिक विश्वास रही आएको छ । सोह्र श्राद्ध आश्विन शुक्ल प्रतिपदासम्म कायम रहनेछ