आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण
काठमाडौं,१२ असोज । भारतले पेट्रोलियम पदार्थ दिन रोकेपछि नेपाल आयल निगमले आजदेखि कोटा प्रणाली लागू गर्दै डिजेल पेट्रोल वितरण थाल्ने भएको छ । काठमाडांै उपत्यकामा सरकारी स्वामित्वका ११ वटा पेट्रोल पम्पमार्फत डिजेल पेट्रोल वितरणको व्यवस्था मिलाइएको छ । निगमका प्रवक्ता दिपक बरालका अनुसार अनुसार, जोर विजोर नम्वर प्रणाली अनुसार पालो परेका मोटरसाइकललाई हप्तामा ३ लिटर, निजी कार जीप र भ्यानलाई हप्तामा १० लिटर तेल उपलव्ध गराइन्ेछ ।
सरकारी सवारी साधन र ट्याक्सीले भने पालो परेको दिन १० लिटर इन्धन पाउनेछन् । त्यसैगरी पालो परेको दिन लामो दुरीका यात्रुवाहक ठूलो बसलाई ३० लिटर र छोटो दुरीको सानो मिनिबसलाई २० लिटर तथा माईक्रोबसलाई १५ लिटर इन्धन उपलव्ध गराइने निगमले जनाएको छ । विद्यालय तथा कलेजका सवारी साधनलाई दैनिक २० लिटर इन्धन उपलव्ध गराइने छ भने एम्वुलेन्स, दुध बोक्ने तथा प्रेसका सवारी साधनलाई आवश्यकता अनुसार तेल उपलव्ध गराउने निर्णय सरकारले गरेको छ । निगमका प्रवक्ता बरालले यो प्रणाली वितरण गर्दा हाल मौज्दात रहेको इन्धनले २ हप्ताजति धान्नेछ ।