उपत्यकामा इन्द्र्रजात्रा मनाइँंदै
काठमाडौं,१० असोज । काठमाडौं उपत्यकामा आज बर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइँंदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्व विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाका नेवार समुदायले धुमधामका साथ मनाउछन् ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
जात्रा अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा विदेशी कुटनीतिक नियोगका उच्च अधिकारीहरुलाई पनि बोलाइएको छ । इन्द्रजात्राको अवसरमा उपत्यकामा आज सार्वजानिक विदा पनि दिइएको छ ।