Live Streaming

ईद सुरु

काठमाडौं,८ असोज । ईस्लाम धर्माबलम्बीहरुको दोश्रो ठूलो चाड बकर ईद अर्थात ईदुल अज्हा आजबाट सुरु भएको छ । यो पर्ब मुस्लीम धर्माबलम्बीहरुले ३ दिनसम्म मनाउने प्रचलन रहेको छ । ईस्लामि पात्रो अनुसार आजदेखि नयाँ हिजारी बर्ष समेत सुरु भएको छ । बकर ईदलाई राष्ट्रिय पर्बको मान्यता दिंंदै सरकारले आज सार्बजनिक बिदा  समेत दिएको छ । यसैबीच राष्ट्रपति राम बरण यादबले ईदको अबसरमा शुभकामना सन्देश दिदै देशमा राष्ट्रिय एकता, धार्मिक सद्भवब र सहिष्णुता कायम होस भन्ने सन्देश प्रदान गर्नुभएको छ ।

उहाले देश तथा बिदेशमा रहनुभएका सबै ईस्लाम धर्मालम्बिहरुलाई सुख शान्ती र समृद्धिको कामना गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री शुसिल कोईरालाले पनि बकर ईदको अबसरमा शुभकामना सन्देश दिंदै भौगोलिक, जलवायु, र जैविक विविधतायुक्त नेपालमा बहुधार्मिक र बहुसांस्कृतिक एकताले मुलुक समृद्ध र सबल हुने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कँग्रेस उपसभापति रामचन्द्र पौडेललगायत नेताहरुले पनि इदको शुभकामना दिनुभएको छ ।