Live Streaming

​संसद बैठक भोली बस्दै

काठमाडौं,८ असोज । व्यवस्थापिका संसदको बैठक भोली आव्हान गर्ने तयारी भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङको परामर्शमा प्रधानमन्त्री सुशील कोइरालाले आज सचिवालयलाई पत्र पठाउने तयारी भएको बालुवाटार श्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा सभामुखले बैठक डाक्नुहुनेछ । संसद बैठक आह्वानका लागि प्रधानमन्त्री कोइरालाले आवश्यक परामर्स थाल्न कानुनमन्त्री नरहरी आचार्यलाई जिम्मा दिनुभएको छ । प्रधानमन्त्री कोइरालाको आग्रहपछि कानुनमन्त्री आचार्यले बिहीबार  सभामुख नेम्वाडसँग परामर्श गर्नुभएको थियो ।