Live Streaming

​मधेशी दललाई बार्तामा आउन तीन दलको आव्हान

काठमाडौं,८ साउन । प्रमुख तीन दलले आन्दोलनरत् मधेशी दललाई वार्ताका लागि औपचारिक रुपमा फेरी आब्हान गरेको छ । हिजो साँझ बालुवाटारमा बसेको बैठकमा आन्दोलनरत् मधेशी मोर्चालाई सिमा नाका र भन्सारका आन्दोलन रोकी तत्काल वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको एमाले नेता अग्नी खरेलले जानकारी दिनुभयो ।  

आन्दोलनरत् दललाई शान्तीपूर्ण आन्दोलन गर्न सुझाव दिंदै हिंसात्मक आन्दोलन गर्न नपाउने र गरेमा सरकारले त्यसलाई रोक्ने, त्यसका लागि सरकारले सबै सुरक्षाफौज परिचालन गर्न सक्ने निर्णय पनि तीन दलको बैठकमा भएको छ ।