सीमा क्षेत्रमा अवरोधकाबारे भारतीय राजदुत रायसंग छलफल
काठमाडौं,८ असोज । भारतले सिमा क्षेत्रमा अघोषित रुपमा गरेको अवरोधबारे सरकारले काठमाडौस्थित भारतीय राजदुत रणजीत रायसँंंग सोधपुछ गर्ने भएको छ । प्रमुख ३ दलको हिजो बसेको बैठकले भारतले प्रमुख सिमा नाकाहरुमा मालवाहक ट्रकहरुलाई नेपाल प्रवेशमा गरेको कडाइबारे सरकारले रायसंग सोधपुछ गर्ने निर्णय गरेको थियो । सोही अनुरुप परराष्ट्रमन्त्रालयका अधिकारीहरुले आज राजदुत रायलाई बोलाउने तयारी गरेको छ ।
त्यस्तै नयां संविधानका कारण उत्पन्न राजनीतिक समस्या समाधानमा भारतको धारणाबारे नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसंग छलफल गर्न नया दिल्लीस्थित राजदुत दीपकुमार उपाध्याय आज काठमाडांै आउँंदै हुनुहुन्छ । संविधान जारी भएपछि नेपाल र भारतबीच उच्च स्तरमा असमझदारी देखिएपछि राजदुत उपाध्यायले त्यसको निराकरणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उहाँंंका सुरक्षा मामिला सल्लाहकार अजित डोभल, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ ंिसंह लगायतसँंंग छलफल गर्नुभएको थियो । भारत नेपालमा स्थायित्व र शान्तिका पक्षमा रहेको आफूले पाएको भन्दै राजदुत उपाध्यायले भारतीय पक्षको सोही सन्देश आफूले प्रधानमन्त्री सुशील कोइरालासहित दलका नेतालाई सुनाउने बताउनुभएको छ ।