Live Streaming

मधेश आन्दोलन टुंगिन्छ : अर्थमन्त्री

ललितबहादुर बुढा

सुर्खेत,७ असोज । अर्थमन्त्री डा. रामशरण महतले मधेश आन्दोलन अबको केही दिनमा नै टुंगिने बताउनु भएको छ । मधेश आन्दोलनकै कारण प्रधानमन्त्री सुशिल कोइराला राष्ट्र संघको महासभामा नजानु भएको भन्दै मन्त्री महतले एक दुई दिनमा नै मधेशको आन्दोलन टुंगिने बताउनु भएको हो ।

मध्यपश्चिम क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको अनुगमनका लागि सुर्खेत पुग्नु भएका मन्त्री महतले आज विहान नेपाल पे्रस य्ुनियनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । नयाँ संविधानले सबैका माग र चाहना पूरा गरिसकेकाले अब आन्दोलन गर्नुको कुनै तुक नभएको उहाको भनाइ थियो ।तराईमा जारी आन्दोलनका माग सम्बोधन गर्नका लागि सरकारले पहल गरिरहेकाले चाँडै निकास आउने उहाको दाबी छ ।