राष्ट्रिय संरक्षण दिवस
आज असोज ७ अर्थात राष्ट्रिय संरक्षण दिवस । देशभर संरक्षणको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरि यो दिबस मनाउँंदैछन् । दिवसका अवसरमा बन्यजन्तु, वन , वातावरण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा कार्यरत संघ संस्थाहरुले देशै भर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
वातावरण संरक्षणको क्षेत्रमा कार्यरत २४ जना वरिष्ठ व्यक्तिको २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएपछि सोहि दिनको सम्झनामा सरकारले हरेक बर्ष आजकै दिन संरक्षण दिवस मनाउन सुरु गरेको हो ।
सरकारले आज वातावरण तथा संरक्षणको क्षेत्रमा योगदान पुर्याउने संस्था एबम् व्यक्तिहरुलाई सम्मान समेत गर्नेभएको छ । दिवसको यस वर्षको नारा पुर्ननिर्माण गरौ थातथलो, गर्दै संरक्षण हातेमालो तय गरिएको छ ।