Live Streaming

​भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि इन्धन ढुवानी ठप्प

वीरगन्ज,७ असोज । भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्यांकर चालकहरुले रक्सौल नाका हँुंदै आउने इन्धन ढुवानी ठप्प पारेका छन् । भारतीय आयल निगम आइओसीको डिपोबाट इन्धन लिएर आउँंदै गरेको ना ५ ख ३४११ नम्बरको ट्यांकरका चालक पशुपति पाठकलाई भारतीय सुरक्षाकर्मीहरुले अस्ती मंगलबार साँझ कुटपिट गरेका थिए ।

सहकर्मीमाथि कुटपिट भएको भन्दै ट्यांकर चालकहरुले आफुहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म इन्धन ढुवानी नगर्ने बताउँंदै आएका छन् । चालकहरुले हिजादेखि इन्धन ढुवानी बन्द गरेपछि राजधानी लगायत देशका विभिन्न स्थानमा इन्धन अभाव हुने देखिएको छ ।

इन्धन लिएर आउँंदै गरेको ट्यांकर फर्काउन सुरक्षाकर्मीले आग्रह गरेपछि नमान्दा उनीहरुले चालकमाथि कुटपिट गरेको पाठकका सहकर्मीहरुले बताएका छन् । भारतले तराई बन्दका कारण इन्धन लगायत समान ढुवानी गर्न असुरक्षा हुने बताइरहेका बेला भारतीय सुरक्षाकर्मीहरुले नेपाली चालकमाथि कुटपिट गरेका हुन् । आफ्ना सहकर्मीमाथि कुटपिट भएपछि ट्याकंर चालकहरुले नेपालबाट खाली ट्यांकर नै लिएर गएका छैनन् ।