टिकापुर दंगाग्रस्तबाट मुक्त
धनगढी,७ असोज । आठजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको घटनापछि कैलालीको टिकापुरसहित २ नगरपालिका र ७ गाविसमा घोषणा गरिएको दंगाग्रस्त क्षेत्र गएरातीदेखि हटाइएको छ । स्थानीय प्रशासनले एक महिनासम्म दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने प्रावधान अनुसार मध्यराती १२ बजेदेखि हटाइएको हो ।
दंगाग्रस्त क्षेत्र घोषणाको समय बढाउन प्रशासनले गृहमन्त्रालयमा माग गरेको भएपनि स्विकृति पाइनसकेकोले गएरातीदेखि हटाइएको जनाएको छ । गत भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक घटनापछि प्रशासनले २ नगरपालिका र आसपासका ७ गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
दंगाग्रस्त क्षेत्र घोषाणा हटाइएलगत्तै आज बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । दिउसो २ बजेदेखि फेरि कर्फ्यु जारी रहने स्थानीय प्रशासनलाई उदृत गर्दै हाम्रा सहकर्मी शिवराज भट्टले जानकारी दिएका छन् । धनगढीमा भने दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म कर्फ्यु जारी रहनेछ । यता पर्साको विरगञ्जमा भने आज बिहान ६ बजदेखि राती १० बजेसम्मका लागि कर्फ्यु खुलाइएको छ ।