बन्दुक र बारुदसहित झापाबाट ३ जना पक्राउ
झापा,६ असोज । बन्दुक र बारुदसहित झापाबाट ३ जना पक्राउ परेका छन् । गएराती झापाको अर्जुन शनि नगरपालिकाबाट प्रहरीले १ थान भरुवा बन्दुक र ७ सय ग्राम बारुद सहित खुदुनाबारीका सनम खतिबडा, प्रदिप भण्डारि र अर्जुन शनि नगरपालिका बस्ने गौरब बुढाथोकीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले स्थानिय दहि झोडाबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनीहरुको साथबाट १ थान मोटरसाईकल समेत बराबद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ ।