रणजीत राय बालुवाटारमा
काठमाडौं,६ असोज । नेपालमा नयाँ संविधान जारी भएपछि नेपालको अवस्थाबारे व्रिफिङ गर्न भारत पुगेका राजदुत रणजीत राय नेपाल फर्कनुभएको छ । नेपालमा संविधान जारी भएको २४ घण्टाभित्रै दुइ वटा बक्तब्य निकालेर नेपालको संविधानप्रति भारतले बेखुशी जनाएपछि उब्जेको परिस्थीति र आगामी रणनीतका बारे राजदुत रायसँग प्रधानमन्त्री कोइरालाले छलफल गर्नुभएको हो ।
त्रिभुवन विमानस्थलमा विहान ओर्लेलगत्तै राजदुत राय प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । उहाँले भारतीय सरकारको सन्देश बोकेर प्रधानमन्त्रीकहाँ पुगेको स्रोतले बताएको छ । भारतले नेपालको संविधानमा असन्तुष्ट व्यक्त भएपछि उत्पन्न असमझदारी, मधेस आन्दोलन लगायतका विषयमा राय र कोइरालाबीच छलफल भएको हो ।