Live Streaming

​शरणार्थीहरुलाई हंगेरी, ईटाली र ग्रिसमा राखिने

एजेन्सी,७ असोज । युरोपमा प्रवेश गरेका २० लाख आप्रबासीहरुलाई कोटाको आधारमा विभिन्न राष्ट्रले शरण दिने भएका छन् । युरोपेली संघका गृह मन्त्रीहरुको बैठकले युरोप प्रवेश गर्ने क्रममा रहेका र प्रवेश गरेका शरणार्थीहरुलाई कोटा छुट्याएर विभिन्न राष्ट्र पठाउने प्रस्ताब पारित गरेको छ ।

सहमती अनुसार ती शरणार्थीहरुलाई पहिलो २ वर्ष हंगेरी, ईटाली र ग्रिसमा राखिनेछ । २८ युरोपेली राष्ट्रबिच भएको सो बैठकमा रोमानिया, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीले सो प्रस्ताबको विपक्षमा मतदान गरेका थिए । अन्य राष्ट्रले भने पक्षमा मतदान गर्दै सो प्रस्ताब बहुमतले स्बिकृत गरेका थिए । फिनल्याण्ड भने मतदानमा सहभागि भएन् । यसैबिच क्रोएसियामा रहेका हजारौ आप्रबासिहरुलाई हंगेरी पठाउन सुरु गरिएको छ ।