Live Streaming

​लिम्बूवानको बन्दले पूर्वको जनजीवन कष्टकर बन्दै

झापा,७ असोज । संयुक्त लिम्बुवान संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण अरुण पूर्वका ९ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बन्द आज चौथो दिन पनि जारी राखिएपछि पूर्वका जिल्लाहरुको जनजिबन कष्टकर बन्दै गएको हो ।

संबिधानको स्वागतमा निकालिएको र्यालीमा लिम्बुवान कार्यकर्ताहरुले अवरोध गरेको भन्दै हिजो झापाको दमकबाट १६ कार्यकर्ता पक्राउ परेपछि बन्दकर्ताहरुले आजबाट आन्दोलन अझ शसक्त पार्ने चेतावनी दिएका छन् ।

बन्दका कारण अरुण पुूर्वका जिल्लाहरुमा बिहानैदेखि यातायात, बजार–पसल, शैक्षिक संस्था, कलकारखाना पूर्णरुपमा ठप्प रहेका छन् । दमक प्रहरीले हिजो लिम्बुवानका १६ कार्यकर्ताहरुलाई पक्राउ गरि सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्धा दायर गरेको थियो ।