Live Streaming

दमन रोके वार्तामा बस्ने

काठमाडौं,५ असोज । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनरत पक्षमाथि भइरहेको सरकारी दमन रोकिएमा वार्तामा बस्न सकिने संकेत गर्नुभएको छ । उहाँले आन्दोलनमा दमनका नाममा सरकारबाट भइरहेको हिंसा बन्द गरिएमा वार्ताका लागि वातावरण सहज हुने बताउनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालासँंग काठमाडौंमा भेटवार्ता गरे संगै सप्तरीको राजविराजमा हुन लागेको मोर्चाको बैठकमा सहभागि हुन आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले मोर्चाको आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले दमन गरिरहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालासँंंगको भेटमा नै आफूले पहिला हिंसा रोकेर विषयको मार्ग चित्र लिएर आए वार्ता गर्न सकिने जवाफ दिएको उहाँले बताउनुभयो ।