मुख्य नाकामा भारतीय पक्षबाट कडाइ
अन्नपूर्ण
काठमाडौं,,५ असोज । नेपाल भारतका नाकाहरुमा भारतीय पक्षले सुरक्षा जाँच कडा बनाएको छ। सुरक्षाकर्मीहरुको उपस्थितिलाई मंगलबार बिहानदेखि केही बाक्लो बनाएको छ। वीरगञ्ज, विराटनागर, भैरहवा, नेपालगञ्जलगायतका मुख्य नाकाहरुमा समान बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका मालबाहक ट्रक तथा अन्य सवारीलाई भारतीय भन्सार प्वाइन्टमा रोकिएको छ।वीरगञ्जमा तेल बोकेर नेपालतर्फ आउँदै गरेका ट्यांकरहरुलाई मंगलबार बिहान भारतीय भन्सार जाँच केन्द्रमा रोकेर राखिएको छ।
भारतीय पक्षको कडाइले गर्दा भारतबाट हुने नियमित ढुवानी तथा आपूर्ति प्रभावित हुनसक्ने स्थानीय व्यवसायीहरुले बताएका छन् । सोमबारको तुलनामा मुख्य नाकाहरुमा मंगलबार चहलपहल कम देखिएको स्थानीय संवाददाताहरुले बताएका छन्।
तराई मधेसमा भइरहेको आन्दोलनले हिंसात्मक रुप लिदै गएको अवस्था र बिहारमा हुन लागेको चुनावलाई समेत ध्यानमा राखेर नेपालसँग जोडिएका नाकाहरुमा सुरक्षा प्रबन्ध र जाँच कडाइ हुनसक्ने संकेत भारतीय विदेश मन्त्रालयले सोमबार नै दिइसकेको थियो। यसलाई नाकाबन्दीको संकेतको रुपमा बुझिएको थियो। तर नाकाबन्दी संभव नहुने भएकोले सुरक्षाको बाहनामा कडाइ गर्न थालिएको छ।
आन्दोलनकारी मधेसी दलहरुलाई समेत नसमेटीकन संविधान बनाएकोमा केही असन्तुष्ट देखिएको भारतले सुरक्षा जोखिम बढेको बाहनामा नाकामा कडाइ गरेको आशंका गरिएको छ । वीरगञ्ज, विराटनागर, भैरहवा, नेपालगञ्जलगायतका मुख्य नाकाहरुमा समान बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका मालबाहक ट्रक तथा अन्य सवारीलाई भारतीय भन्सार प्वाइन्टमा रोकिएको छ। भारतीय पक्षको कडाइले गर्दा भारतबाट हुने नियमित ढुवानी तथा आपूर्ति प्रभावित हुनसक्ने स्थानीय व्यवसायीहरुले बताएका छन् ।