जनकपुरमा कर्फ्यु हट्यो
जनकपुर,२९ भदौ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा पाँंंच दिनदेखि लगाएको अनिश्चितकालिन कफर््यु आजबाट फिर्ता लिएको छ । बवहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफर््यु र दंगाग्रस्त क्षेत्र फिर्ता लिने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
शुक्रबार जनकपुरमा प्रहरीको गोली लागि ज्यान गएका तीन जनाको प्रार्थिव शरीरको अन्त्येष्टी, तीज र चौठचन्द्र पर्वलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको प्रजिअ पराजुलीले बताउनुभयो । यता पार्सको वीरगञ्जमा पनि आज बिहान चार घण्टाका लागि कफ्र्यु हटाइएको छ । स्थानीय प्रशासनले बिहान नौ बजे देखि दिउँसो १ बजे सम्म चार घण्टाका लागि कफ्र्यु हटाएको हो । दिउँसो १ बजे पछि भने फेरि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु जारी रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।