प्रहरी चाैकीमा बम विष्फोट
उमाकान्त खनाल
झापा ,झापाको सुरुङ्गा प्रहरी चौकीमा मंगलबार बिहान सकेट बम विष्फोट भएको छ । बिहान ७ बजेर ४० मिनेटमा सकेट बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक बेदनाथ यादव तथा जवाद्वय भरत कार्की र जवान केदार पाैडेल घाइते भएका छन् । उनीहरुको उपचार बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भीम दाहालले जानकारी दिए ।
सुरूङ्गा कनकार्इ नगरपालिका-३ स्थित एक चर्चमा भेटिएको सो बम निष्कृय बनाउन प्रहरीले चौकीमा लिएर गएको थियो । बम चौकीमा पुर्याएर प्रहरी सहायक निरीक्षक यादवले निस्क्रिय पार्न खोज्दै गर्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालयका डिएसपीको टोली सुरूङ्गा प्रहरी चाैकीमा पुगिसकेको छ । प्रहरीका अनुसार हिन्दु नेपाल लेखिएको मोर्चाको नामका केही पर्चाहरु पनि चर्चा भेटिएको छ।