Live Streaming

​विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँंदै

काठमाडौं,२९ भदौ । राष्ट्रिय बाल दिवस बालबालिकाको हक अधिकार संरक्षण गर्ने उद्धेश्यसहित आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । यसवर्ष पुनःनिर्माण र संविधान ः बालअधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नारासहित बाल दिवस मनाइन लागिएको हो । दिवसका अवसरमा बाल दिवस कार्यक्रमका लागि गठित मुल समारोह समितीले राजधानीमा द्धन्द्धमा ज्यान गुमाएका बालबालिकाको सम्झनाका कार्यक्रमको आयोजना गर्दै छ । सोमबार साँझ सिनामंगलमा रहेको बालबालिका स्मरण स्तम्भमा द्धिप प्रज्वलन गरिएको थियो । 


यस्तै विद्यालय, बाल आश्रम तथा बालबालिकाका अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता बिषयमा आफ्नो अन्तराष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनको अवसरमा नेपालले हरेक बर्ष भदौ २९ गते बाल दिवस मनाउँंदै आएको छ ।