Live Streaming

​आज दर खाने दिन

काठमाडौं,२९ भदौ । हिन्दु नेपाली महिलाको महान् पर्व हरितालिका तीजअन्तर्गत आज दर खाने दिन, विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिनीलाई दर खुवाउने गर्दछन् । माइतीबाट टाढा रहेका चेलीबेटीलाई बोलाएर खीर, गुँद, ढकनी, हलुवा, घिउ, दुध, दहीलगायत खानेकुरासहितको दर खुवाउने गर्दछन् ।

चेलीको दुःख भुलाउनका लागि मनाइने गरिएको यस वर्षमा भोलीपल्ट ब्रत बस्ने भएकाले पनि अघिल्लो दिन त्यसको आडका लागि दर खाने गरिन्छ । पछिल्ला वर्ष भने व्यस्तताका कारण केही हप्ता अघिदेखि नै दर खान सुरु गरिन्छ । आज राती दर खाएपछि भोली हरितालिकाको मुख्य दिन श्रीमान्को दीर्घायुको कामना गर्दै महिला ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भने राम्रो पति पाउने विश्वासमा ब्रत बस्ने परम्परा छ ।