Live Streaming

​बाह्र पर्यटक मारिए

एजेन्सी,२८ भदौ । ईजिप्टमा सुरक्षाफौजको कारबाहीमा १२ पर्यटक मारिएका छन् । ४ वटा बसमा पश्चिमी ईजिप्टको प्रतिबन्धित मरुभुमी ईलाकामा प्रवेश गरेका ती पर्यटकलाई आतंककारी ठानेर सुरक्षाकर्मीले गोली चलाएको त्यहाँंको रक्षा मन्त्रालयले जनाएको छ ।

मारिनेमध्ये अधिकांश मेक्सिकन नागरिकहरु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो घटनामा अन्य १० जना घाइते भएको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सो ईलाका पर्यटकहरुका लागि चर्चित भएपनि पछिल्लो समय सो स्थानमा लुकेर आतंकबादी गतिविधि बढेपछि सुरक्षाकर्मिले कारबाही तीव्र पारेका थिए ।

यसैबीच ईजिप्सियन सरकारले सो घटनाको अनुसन्धानको लागि सरकारी अनुसन्धान टोली गठन गरेको छ । यता पाकिस्तानको पंजाब प्रान्तमा भएको शक्तिशालि विष्फोटमा परि कम्तीमा १० जना मारिएका छन् । पंजाब प्रान्तको मुल्तान सहरमा भएको सो आक्रमणमा अन्य ६० जना घाइते भएको बीबीसीले जनाएको छ ।