शरणार्थी संकटमा
एजेन्सी,२४ भदौ । जर्मन प्रहरीले सिमाक्षेत्रमा शरणार्थीहरुलाई रोकेपछि डेनमार्कले जर्मनी जाने सबै रेलसेवा रोकेको छ । त्यस्तै डेनमार्कका प्रहरीले दुई मुलुक जोड्ने मोटर वे पनि बन्द गरेका छन् । डेनमार्कबाट रेल चढेर जर्मनीसंगको सिमामा पुगेका शरणार्थीलाई त्यहाँं खटिएका प्रहरीले रेलबाट झारेपछि उनीहरु स्विडेन जाने भन्दै पैदलै अघि बढीरहेको बीबीसीले उल्लेख गरेको छ ।
यसैबीच, बढ्दो शरणार्थी संकट व्यवस्थापनका लागि युरोपेली आयोगले थप १ लाख २० हजार शरणार्थीलाई युरोपेली युनियन इयु आवद्ध मुलुकमा कोटा प्रणालीका आधारमा बाँंंड्ने प्रस्ताव अघि सारेको छ ।