रुसले सेना पठाएकोमा अमेरिका र नेटोको चिन्ता
एजेन्सी,२४ भदौ । रुसले सिरियामा सैन्य उपस्थिती बढाउँंदै लगेको भन्ने खबरबारे अमेरिका र उत्तर एटलान्टिक सन्धी संगठन नेटोले चासो व्यक्त गरेका छन् । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रुसको संलग्नताले सिरियामा जारी द्धन्द्ध समाधानमा मद्दत नपुग्ने प्रतिक्रिया दिनुभएको छ ।
त्यसैगरी अमेरिकी विदेशमन्त्री जोन केरीले पनि रुसी समकक्षी सेर्गेइ लाभ्रोभलाई टेलिफोन गरी थप सेना परिचालनबारे सोध्नुभएकोे बीबीसीले जनाएको छ । सिरियामा ४ वर्ष लामो गृहयुद्ध हँुंंदा उसको प्रमुख सहयोगी रहेको रसियाले भने आफूले केही सैन्यविदमात्र त्यहांँं पठाएको प्रतिक्रिया दिएको छ ।