औपचिारिकरुपमा प्रधानसेनापति क्षेत्री आजबाट नेतृत्व सम्हाल्दै
काठमाडौं,२४ भदौ । कायममुकायम प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आजबाट औपचारिक रुपमा नेपाली सेनाको नेतृत्व सम्हाल्दै हुनुहुन्छ । क्षेत्रीलाई राष्ट्रपति रामवरण यादवले आज अपरान्ह १ बजे शितल निवासमा एक समारोहकाबीच सपथ ग्रहण गराउँंदै हुनुहुन्छ । क्षेत्री नेपाली सेनाका ४२ औं प्रधानसेनापति हुनुहुन्छ ।
यसअघिका सेनापति गौरवशम्सेर राणाले आजबाट अवकाश पाउने भएपछि सरकारले वरिष्ठताका आधारमा क्षेत्रीलाई एकमहिनाअघि कायममुकायम सेनापतिको जिम्मेवारी दिएको थियो ।