Live Streaming

​राजमार्ग क्षेत्रमा निषेधआज्ञा

सप्तरी,२४ भदौ । तराई मधेसका जिल्लामा आन्दोलन चर्किदै गएपछि सरकारले राजमार्गमा निषेधाज्ञा जारी गरेको छ । सार्वजनिक यातायातका साधनलाई सहज आवात जावत गराउनका लागि तराई मधेसका जिल्लामा पर्ने राजमार्ग क्षेत्रलाई निशेषआज्ञा जारी गरेको हो ।

अब राजमार्गमा बन्द गर्न, नारा जुलुस गर्न, अवरोध गर्न निषेध गरिएको छ । यदि निषेधआज्ञा तोडेको खण्डमा प्रहरीले गोली हान्न सक्ने गृह मन्त्रालयले जनाएको छ । महोत्तरी, सप्तरीमा जिल्लाको राजमार्ग क्षेत्रलाई जिल्ला सुरक्षा समितिले अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेका छन् । लगातार २५ दिनदेखिको बन्द र झडपका कारण तराई मधेसका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।